भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
जूनी काट्नु एउटा बाजी / पारिजात
Kavita Kosh से
धमीरा लागेको धर्तीमाथि उभिएर
माटोको माया
एउटा व्यङ्ग र अतिशयोक्ति हुन जान्छ आफैप्रति
म कसरी व्याक्त गरुँ?
मैले जमीन नखोजेको विरोध
मैले परिभाषा लाउन नखोजेको आमाको माया
जव रमाईलो दिन र रंगीन भ्रमहरुको
जुवा फुकेको थियो
शायद म अनुपस्थित थिएँ
आफ्नै स्थितिहरुमा
आफ्नै समयहरुमा
कि मैले हारमाथि हार खाएको हुनुपर्छ
म बाजी मार्न बिर्सेछु
मान्यता दिन बिर्सेछु
म बाजीलाई अर्थ दिन बिर्सेछु
मान्यता दिन बिर्सेछु
मलाई नसोधे हुन्छ
जुनी काट्नु कुनै गाह्रो काम होइन
अप्ठ्यारो इतिहास होइन ।