भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
झण्डा फहराइरहेछ / विमल गुरुङ
Kavita Kosh से
झण्डा फहराइरहेछ
घडीको काँटा
कबिता गुन्गुनाउँदै सडक हिंडिरहेछ
बतास चलिरहेछ
टेलिफोनको पोलमाथि
हँसिया र हतौंडाको रातो झण्डा फहराइरहेछ
आकाशलाई रातले हिर्काइरहेछ
आकाशको आँखाभित्र पिडापूर्ण आँसुको
एउटा पोखरी बनिरहेछ
मञ्जुश्री खड्गले पोखरी भत्काइरहेछ
आहा ...
कति गौरबसाथ हाम्रो झण्डा
फरर ... फरर ...
शीतल हावाहरुबिच
फहराइरहेछ ।
यो झण्डाका लागि कतिले रगत बगाएका थिए
कतिले पसिना जन्माएका थिए
कतिले मृत्युको राज्यमा गएका थिए
झण्डा फहराइरहेछ
दिल अभुतपूर्ब उमङ्गले लहराइरहेछ
झण्डा फहराइरहेछ ।
नीमपत्तीका पातहरु मादल बजाइरहेछन्
खोलबाट क्यामेरा निकालेर
आकाश हाम्रो फोटो लिइरहेछ
लिइरहेछ फोटो झण्डाको पनि
आकाशको घाउ चहराइरहेछ
झण्डा फहराइरहेछ ।