भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झरीमा एक साँझ / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

दर्किरहेथ्यो झरी साँझमा गर्जिरहेथ्यो बादल
ओत लागेर तिमी उभेकी शिरमा राखी आँचल
म सम्झिरहन्छु हरपल !

घरिघरि मलाई हेथ्र्यौ घरि भुइँ कोट्याउँथ्यौ
निचोरेर सप्को फेरि आफैँआफैँ लजाउँथ्यौ
बिजुली चम्की तिम्रो कलिलो मुहार हुन्थ्यो झल्मल
छेउमा उभेर हेर्थे चुपचाप भित्र भएथ्यो खल्बल
म सम्झिरहन्छु हरपल !

चट्याङ् पर्दा मेरो हात थाम्यौ तिमीले नजिक आई
झस्किएर टाढा स¥यौ लाजले फेरि नजर झुकाई
एकैछिनमा झरी थामियो फाटिसकेथ्यो बादल
जान्छु भनेर तिमी हिँडेकी तालकी कोमल कमल
म सम्झिरहन्छु हरपल !

सानो थियो कथा तर कति ठूलो अर्थ थियो
जीवनभरि जलिरह्यो मनमा सम्झनाको दीयो
सम्झिरहन्छु झ्याल खोलेर हेरिरहन्छु बादल
अझै पनि त झरी बर्सिदा हृदय हुन्छ तरल
म सम्झिरहन्छु हरपल !