भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
झरी – २ / उमेश लुइटेल
Kavita Kosh से
झरी नपर्थ्यो त
म एक्लो हुन्थेँ ।
झरीले रूझाउँछ मलाई
चुकचुकाउँछौ तिमेरू
र सम्झाउँछौ आफ्ना नानीहरूलाई
त्यो दुखीयारी मनुवा भिजे जस्तै भिज्नु हुँदैन ।
म दृष्टान्तै सही
यद्यपि बुझ्छौ के
झरीसँगै म हिँड्छु
र तिमेरू निथ्रुक्क भिज्नु र काँप्नुको पीडा अनुभूत गर्छौ ।
यो दूर सद्भाव हेरेर खुसी हुन्छुु
बरन्डाबाट बर्सिरहेका
तिमेरका सहानुभूतिका नजरका कारण
म मान्छेकै बस्तीमा छु जस्तो लाग्छ ।
तर बिन्ती छ
सम्झाइदेऊ भर्भराउँदा ती नानीहरूलाई
कि छानुहीनहरू मात्र झरीमा बेपर्वाह भिज्छन् ।
यथार्थत: तिमेरूसँग होइन
उनीहरूप्रति मेरो आशा अझै जीवितै छ ।