भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झरी / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बलेसीमा पानी तप्क्यो म रोएँ कि आकास रोयो ?
चट्याङ पयो यतै कतै मूच्र्छनाले मलाई छोयो

बादलको धेरै पीडा सगरको छातीभरि
पानी बग्यो आँसु बग्यो सँगै रोयौँ रातभरि !
अँगेनोमा आगो बल्यो म जलेँ कि दाउरा जल्यो ?
हुरी चल्यो यतै कतै मेरो मनको फूल ढल्यो

केको यस्तो आवाज हो थर्किदैछ रनवन ?
कतै मेरो च्यातियो कि आफ्नै कमजोर मन !
टुक्रिएछ गमला यो म फुटेँ कि माटो फुट्यो ?
आँधी चल्यो यतै कतै मेरो गुँडको चरी उड्यो !