Last modified on 3 मई 2020, at 11:16

झस्किएर आधी रातमा आफैसँग तर्सन्छु / गीता त्रिपाठी


बाफिएको मन उड्छ आँखाबाट बर्सन्छु
झस्किएर आधी रातमा आफैँसँग तर्सन्छु
 
सुक्दैजान्छु आफैँभित्र खडेरीको मूल जस्तो
मायाविना फुली झर्ने पखेरीको फूल जस्तो
छोपिएर शून्यतामा नयाँ आश पर्खन्छु
झस्किएर आधीरातमा आफैँसँग तर्सन्छु
 
शिशिरमा वसन्तको सम्झनाले बाँचिदिन्छु
मनभरि पीडा बोकी आँखाभरि हाँसिदिन्छु
बतासले भाँचिएर छातीभित्रै अड्कन्छु
झस्किएर आधीरातमा आफैँसँग तर्सन्छु