Last modified on 30 जुलाई 2018, at 16:19

टिप यो जोबन उडे पछि / अम्बर गुरुङ


टिप यो जोबन उडे पछि बतास हो
बाँध यो माया बगेपछि पानी हो
लहै जोबन बगे पानी पानी हो

सुन यो जोबन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
लहै मेरो माया तिम्रै लागि हो

बैशाखको फूल जस्तो भागिजाने जोबन हो
सागर हो रे जिन्दगी यो बुँद जत्रो जोबन हो
फैले पछि आकाश भन्दा ठूलो पनि जोबनै हो
सुन यो जोबन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
लहै मेरो माया तिम्रै लागि हो

फूलको जोबन रुप हो मेरो जोबन शीत हो
हारे पनि जिन्दगीमा प्रित एक जीत हो
संसारले नै गाउन खोज्ने जीवन एक गीत नै हो
टिप यो जोबन उडे पछि बतास हो
बाँध यो माया बगेपछि पानी हो
लहै जोबन बगे पानी पानी हो
सुन यो जोबन उडे पनि तिम्रै हो
बुझ यो माया बगे पनि तिम्रै हो
लहै मेरो माया तिम्रै लागि हो

<.poem>