Last modified on 8 जनवरी 2017, at 07:23

टिस्टाको बगरमा रगत धोएर / नोर्देन रुम्बा

टिस्टाको बगरमा रगत धोएर
खुकुरी पखाल्यौ हामीले
साक्षी छ इतिहास यहाँको
के पखाल्यौ हामीले

हामी जिउँदा मान्छे हौं
मरेका छैनौ अझै
हामी काँचो मान्छे हौ
झरेका छैनौ अझै
पोल्न सक्छ भने, बोल्न सक्छ भने
हिमाललाई सोधे हुन्छ
बोल्न सक्छौ भने, धुप्पीलाई सोधे हुन्छ
बोल्न सक्छौ भने, चियाबारी छ यहाँ
बोल्न सक्छौ भने, बाँसघारी छ यहाँ

सयपत्रीको माला लाएर लडाइँ जाने हामी हौं
अरू मात्र लडेन, लडाँइ लडने हामी हौ
अब हामी लडछौ त आफ्नै लडाई लडडौं
अब हामी बडछौ त आफ्नै लागि बढछौं
सायद एउटा हुन सक्छ शिखरमा चढ्छौ
यो ठाउँ हाम्रै यहिनेर अड्छ।