भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

ट्रान्जिट / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


झिलीमिली विजुलीबत्तीको प्रकाशमा
चम्किरहेको एअरपोर्टभित्र
 ट्रान्जिटमा
हातमा प्रियतमको धमिलो तस्बिर लिएर
सेतै कपाल फुलेकी एउटी बूढी
सुनाइरहिछ रातमा मलाई आफ्नो प्रेमकथा
मुजामुजा परेका गाला हुँदै खसिसकेको छ आँसुको एक धर्सो,

भन्छे– तीस वषअघि
फरक देश, भाषा र संस्कृति भएका हामी भेटिएथ्यौ एकै ठाउँ
र सँगसँगै हिंड्दाहिंड्दै कतिखेर परिसकेका थियौ गहिरो प्रेममा
छुट्नु अघिल्लो रात
तातो आँसुले भिजाएथ्यौं एकअर्काको छाती
ट्रान्जिटमा साटेथ्यौं अन्तिम चुम्बन र छोटो प्रेमपत्र
यी यही त हो उसले उहिल्यै सप्रेम दिएको नीलो डायरी !

भन्छे– जीवनभरि उस्तै ताजा रहिरह्यो हृदयमा प्रेम
तीस वर्षपछि भेटेर हामीले सुनायौं– कसरी बित्यो जिन्दगी
सम्झ्यौं– स–साना झगडा र अर्को जुनी त सँगै जिउने सपना
रुँदारुँदै हास्यौं र हाँस्दाहाँस्दै रोयौं अचानक !

मानौं सँगसँगै लागिरहेछ घाम र दर्किरहेछ झरी
म मौन हेरिरहेछु– उसका भिजेका परेली
र बेलाबेलामा ओठको मुस्कान

उडानका लागि अझै बाँकी छ केही समय !