एकछिन 
सडक सुनसान हुन्छन् 
एकछिन 
ब्ााटो पानी सुकेको नदीजस्तै 
आकाशमुनि 
सर्र तेर्सिन्छ 
एकछिन पृथिवीमा 
सिठी फुकेर बन्दुक बोक्नेले 
इतिहास टक्क रोक्छ 
चमेराहरु 
त्यस शून्य शहर, रेखामाथि 
रेफ र चन्द्रबिन्दुझैं सल्बल् अल्भि्कन्छन् 
सबै रोकिएको बेला 
ऊ पनि रोक्छ ठेलगाडा 
 
आज कमाइ त्यति भएन 
आज बन्दुक र सिठीले 
सहरका सडक निकै रोके 
सडक बगेन उस्को ठेलगाडामुनि 
 
ऊ 
बालक छोरो अनि160स्वास्नीका भोक र  
राज्यशक्तिका खेलमा अल्भि्कंदा 
रातको ट्राफिकबत्तीमुनि 
ठेलगाडाको पछिल्तिर 
शूलीमा अल्झेको इसामसिहजस्तै देखिन्छ, 
 
सडक बग्ने प्रतीक्षामा 
टक्क रोकिएर बस्छ 
 
निकै समय भयो 
मैले देखें 
ऊ त्यहीं थियो 
उस्को समय 
 
घरमा भोको छोराको क्यालेन्डरमा 
लेखिंदै थियो 
 
नेपाली सम्बत्हरु 
यसरी आरम्भहुंदै 
हराउंदैछन् 
शक्तिसालीका यात्राहरुले 
खेलबाड गरेका समयचक्रहरुमा।