भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

डरैडरको घरभित्र बन्दी भा'को बेला / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डरैडरको घरभित्र बन्दी भा'को बेला
अर्को डर थपिदिन्छ मानिसको भेला
 
झस्किदिन्छ मन जैले जहाँ जाँदा पनि
दुःखजिलो कमाएर ल्या'को खाँदा पनि
आफ्नै घरमा लागेपछि अशान्तिको मेला
अर्को डर थपिदिन्छ मानिसको भेला
 
ग्रहदशा बिग्रियो कि कस्को आँखा लाग्यो
सुखदुःख बाँड्ने मन किन पाखा लाग्यो
मासिएको सबै खुसी कस्ले फर्काइदेला
अर्को डर थपिदिन्छ मानिसको भेला
 
"भाइ फुटे गँवार लुटे" भन्ने साँचो कुरा
साँच्चै भयो जताततै चल्न थाल्यो छुरा
सबै गुरु, चाहँदैन बन्न कोही चेला
अर्को डर थपिदिन्छ मानिसको भेला