भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ढुङ्गाको विकृत सपना / कृष्ण पाख्रिन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एक रात
म सपना देख्छु
दिउँसो
मध्यान्हमा
एकाएक
तारा झर्छ
आकाशमा हेर्न भनेर
उँभो हेर्छु
त्यो तारा, आउँदा आउँदै बिलाउँछ
र अब
त्यो तारा !
आकाश भएर थिचिरहेछ – मलाई
म विरोध गर्न उभिन्छु
अकस्मात म श्राप पाएर
कुनै सडकको ढुंगा हुन्छु
अनि आउने जाने भद्रजनलाई
माँग्दा माँग्दै
सबैको निम्ति गह्रुंगो बन्छु
म श्रापित ढुंगा हुँ त्यसैले
यस्तै यस्तै सपनाहरु देख्छु !!