भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ढुङ्गो / हेलेन कार्डोना / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हामी सँगै थियौँ । अरू मैले बिर्सेँ ।
- वाल्ट ह्विटम्यान

कसरी थाह हुन्छ तिमीलाई
मरेकाहरूबाट
भूतहरूबाट
ईश्वरहरूबाट ?

क्रीटमा तिनीहरूले मेरा हजुरबुवाको शालिक ठड्याए
जसले आफ्ना छोराहरू मात्र जन्मिउन् भन्ने चाहेका थिए ।

हाम्रा पनि उस्तै कानहरू छन्
बतासमा दौडिरहेका गुञ्जनहरू सुन्न, र
सूर्यलाई चकनाचुर पारेर भूईँमा झार्नका लागि ।