भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तस्बिर / रमेश क्षितिज
Kavita Kosh से
हातमा लिएर हेर्दैछु
एउटा तस्बिरको पत्ती
र खेल्दैछु तर्कनाहरूको तास !
कि तस्बिरहरू कहिल्यै पुराना नहुँदारहेछन् ?
एक वर्षअघि सँगसँगै हिँड्ने
त्यो मायालु सोझो मित्र
भाग्यको गुलाम
कहाँ पुगेर अहिले के गर्दै होला ?
अंकअंक हिसाब गर्दैछु
थाहै नपाएर चिप्लिएछ एक वर्षको जोकर समय,
कत्ति उदास थियो ऊ
परिस्थितिको बादशाहबाट पराजित
स्नेहको बेगमबाट अपहेलित
भन्थ्यो कहिल्यै हाँस्न सकिएन मन फुकाएर
कहिल्यै खुसीको परेन पप्लु–टिप्लु
तर एकपल्ट के हाँसेको थियो तस्बिर खिचाउँदा
सदैव हाँसिरह्यो ऊ तस्बिरहरूमा !