भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तस्वीरमा तिमीलाई / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
तस्वीरमा तिमीलाई छाम्न मन लाग्यो
तिमीलाई आफूभित्रै खाम्न मन लाग्यो

हेरिरहूँ जस्तो लाग्ने कति राम्रो चित्र
नलजाई हेरिदिन्छ्यौ मेरा आँखाभित्र
नशालु हेराइ पिई मात्न मन लाग्यो
पिरतीको ज्वरो बोलाई तात्न मन लाग्यो

मैले तिमी आउञ्जेल नि पख्नै सकिनँ
मुस्काएको तस्वीर हेरी खप्नै सकिनँ
तिमीलाई अँगालेर रम्न मन लाग्यो
तस्वीरबाटै झिकेर चुम्न मन लाग्यो