भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ताओ चिङ बगिराख/बगिराख / विमल गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


नदी हो
देखेको छु
छेउछाउका बगरहरुले रोक्न सकेको देखेको छैन
ताओ चिङ बगिराख ... बगिराख ।

सूर्य हो
सूर्यको झुल्काईलाई कसैले छेक्न सकेको छैन
ताओ चिङ; उदाईराख ... उदाईराख ।

आकाश हो
बादलहरुले छोप्न सकेको देखेको छैन
ताओ चिङ हाँसिराख हाँसिराख ।

ताओ चिङ बगिराख... बगिराख ... बगिराख ।