भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीलाई पाएँ मैले आफैलाई पाएँ / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मुस्कान
  
तिमीलाई पाएँ मैले आफैलाई पाएँ
जिन्दगीको सबैभन्दा मीठो गीत गाएँ
 
जम्न छाडी बग्न थाल्यौ लयभन्दा मीठो
हृदयमा आयौ तिमी प्रकाशभन्दा छिटो
आकाश पनि हाम्रै अब धर्ती पनि हाम्रै
बग्ने खोला, हिँड्ने बाटो सबै हाम्रैहाम्रै
 
तिमीलाई धप्प बल्ने आशाभित्र देखेँ
तिम्रै पाउमा चाहनाका सबै फूल पोखेँ
सपना पनि हाम्रै अब विपना पनि हाम्रै
कल्पनाको सुन्दर सृष्टि सबै हाम्रै हाम्रै ।