Last modified on 23 जुलाई 2017, at 11:34

तिमीलाई यस्तो म माया गरूँ / दिनेश अधिकारी


तिमीलाई यस्तो म माया गरूँ
नघट्दै यो माया म आफैँ मरूँ

खुसीका उज्याला सबै रङ्ग टिप्दै
जति छन् जीवनका दिलासा समेट्नै
तिमीसँग आफ्नो म छायाँ भरूँ
जता तिमी हिँड्छ्यौ, म त्यतै सरूँ
 
म लेखूँ सगरमा पनि तिम्रै नाम
बिसाऊँ तिमीमा जति छन् इमान
तिमीलाई देख्दै म दङ्ग परूँ
परेलीमा तिमै्र म स्वप्न भरूँ