Last modified on 20 अगस्त 2020, at 17:18

तिमीलाई सम्झनु / नाजिम हिकमत / सुमन पोखरेल

तिमीलाई सम्झँदा मिठो लाग्छ,
रहरहरू पलाउँछन्‌।
 
तिमीलाई सम्झनु
संसारको सबैभन्दा सुमधुर स्वरमा
सबैभन्दा सुन्दर गीत सुन्नु जस्तै हो।
 
तर अब मलाई रहरहरूले नपुग्दो भो।
अब म एकछिन पनि सुन्न चाहन्न गीत,
गीत म अब
आफैँ गाउन चाहन्छु।