भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीले खोले मनको ढोका खोलौँला म पनि / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

उज्यालो
  
तिमीले खोले मनको ढोका खोलौँला म पनि
मिलेर हामी सपनीजस्तै रचौँला विपनी
 
अँध्यारोभित्र अँध्यारोजस्तै भएर नबस
खोलेर ढोका बाहिर आऊ जुटाऊ साहस
मैले त आटेँ यो ढोका खोल्न तिमी नि खोल है
सपना होइन विपना हो यो भनेर बोल है
 
बाहिर घाम छ, बाहिर जून छ, फूल अनि बतास छ
मान्छेको माया प्रकृतिभरि सौन्दर्य-सुवास छ
बहादुर भई भोगौँ न हामी यो सारा धरती
अरूका लागि प्रेरणा बनाई यो चोखो पिरती