भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमीले चुमेका औँलाहरू / किरण खरेल
Kavita Kosh से
तिमीले चुमेका औँलाहरू तिमी नै लिएर जाऊ
तिमीले चुनेका गीतहरू तिमी नै समेटी जाऊ
एकएक गरेर भन्छु कति भाग्यमानी भन्थ्यौ
मेरो गीत लेख्ने औंला माया गरेर चुम्थ्यौ
तिमीभित्र नै डुबेर मेरा गीत छान्दथेँ म
तिमीलाई देवताको बरदान ठान्दथेँ म
तिमी के गयौ मबाट मेरो छाया नै बिलायो
मेरै रसिलो गीतले मेरो जिन्दगी जलायो
जब जानेबेला रोयौ मतिर फर्किफर्की
निसास्सिई भाग्न थालेँ मैदेखि तर्कितर्की