भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमीसँग / मेहरी रहमानी / सुमन पोखरेल
Kavita Kosh से
अवैध स्याउ मिश्रित
सामर्थ्यभन्दा ठूलो
तिम्रो कोमल विद्रोह
र छरिएका तिम्रा आँखाका हीरा ।
एकान्तिकतामा रहेकी एउटी नारी
एउटा ताराको वरिपरि घुम्न थाल्छे
तिमीसँग ।
पानीको सतहमा
तिर्खाएकी छु म
आकाशलाई तिम्रा आँखामा राख
सल्काऊ तारालाई
अनि देख्न सकूँ म तिमीलाई ।
सागर शान्त छ
मौन....