भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आउ बहार / अम्बर गुरुङ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी आउ बहार पर्खी रहेको छ
थाकी सकेका नयन उदासी
त्यो रित्तो पथमा अल्झेको छ
तिमी आउ बहार पर्खी रहेको छ
याँहाको शून्यताले भन्छ
जीवन याँहा एक्लो छ
तिमी बिना हर फूल याँहाको
खिल्न नपाई बिख्रेको छ
तिमी आउ बहार पर्खी रहेको छ
कलि कलिको रंगीन ओंठमा
ब्यथित दिलको सुस्केरा छ
तिमीलाई हेर्ने नयनमा मेरो
देखी नसक्ने प्यास छ
तिमी आऊ बहार पर्खी रहेको छ
थाकि सकेका नयन उदासी
त्यो रित्तो पथमा अल्झेको छ
तिमी आउ बहार पर्खी रहेको छ