तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हाराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन् !
मेरो सपना पनि हराएको थियो
हेर्दैलाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरिर हो
मेरो आफ्नो फैलावट हो
मेरो संगीत हराएको थियो
अचानक एक दिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो
त्यसै गरी
मेरो खुसि पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रो ओँठहरुमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मेरो मुस्कान हो
अब म के भनौँ
अब म के सोचौँ
तिमी मेरा अमुल्य सम्पतिको थुप्रो हौ ?
कि मेरो सानो देशको सानो झुप्रो हौ ?
भन भन
तिमी के हौ ? तिमी को हौ ?