भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी धेरै–धेरै रुनेछौ / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी धेरै–धेरै रुनेछौ, म मरेर गएपछि
मेरो तस्वीरलाई छुनेछौ, म मरेर गएपछि

छातीमा राख्तिन भनेर दावी नै त नहोला
माला यादका बुन्नेछौ, म मरेर गएपछि

जीवनभर तिमीले एकनास लगाई दिएका
एकेक दाग धुनेछौ, म मरेर गएपछि

जति हाँस आफूभित्र, जतिसुकै मुस्कुराऊ !
एक्लो– एक्लो हुनेछौ, म मरेर गएपछि ।

बाचुञ्जेल ‘राज’का अघि, पछि भै रहने
सम्झने मलाई कुनै छौ ? म मरेर गएपछि