तिमी फूलहरुमा किन हाँसिदियौ
कि म फूलहरुमा नै अल्झिरहेँ
कतै जादू गर्यौ कि त्यो हाँसो छरी
किन त तिमीमै म बल्झिरहेँ ?
एक बैँस तिमी मेरा आँखाभरि
एक आस तिमी मेरो छातीभरि
तिमी हाँसिरहू म गाइरहूँ
एक पल्टको हाम्रो यो जुनीभरि ।
मेरा रातहरु सब स्वप्न भए
मेरा दिनहरु पनि स्वप्न भए
यति स्वप्त लिई तिमी आइदियौ
कि यो जिन्दगी नै अब स्वप्न भयो ।