भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हाँस्नू / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

 
आकाशमा जून हाँसे
धर्तीमा तिमी हाँस्नू
फूलको डालीडाली
चुमेर छमछम नाच्नू
 
चाँदनी रस भरी
जीवनमा खुसी छर्नू
रित्तिए पनि आफैँ
प्रीतिको घडा भर्नू
 
सिर्सिरे बतासैमा
मनको कुरा खोल्नू
कसैको नजर परे
आँखाको भाका बोल्नू
 
दुःखका कथा सबै
सम्झेर भुलिदिनू
पीरमा पनि सधैँ
फक्रेर फुलिदिनू
 
यादको धागो उनी
मायाको माला गाँस्नू
आँखामा बसी मेरो
जून झैँ तिमी हाँस्नू