Last modified on 16 फ़रवरी 2022, at 16:29

तिमी हुनुको (अंश - ११) / इन्दिरा प्रसाई

कपटको खेल रहेछ
त्यसैले मैले हारेको थिएँ ।

मेरो हारमा उभिएर
तिमीले जितेका थियौ ।

बुझेजस्तो गरेँ जिन्दगी
झन् ठूलो ठेली भएर बस्यो
चिनेजस्तो गरेँ जिन्दगी
मखुण्डो भिरेर लुक्यो
भेटेजस्तो गरेँ जिन्दगी
अलप हुने गरी दौड्यो ।

पोहोरको वर्षजस्तो बित्यो
यस पालि सित्तैँ थियो
आघुँ र पराघुँको खेलमा
रित्तो भएर निथ्रयो ।

उब्रेको जति पोखियो
भाँडामा केही थिएन ।