Last modified on 16 फ़रवरी 2022, at 16:07

तिमी हुनुको (अंश - १२) / इन्दिरा प्रसाई

सम्झनामा मितेरी लाउँदा
बाटामा तिमी
उभिन्छौ ।
जति लघार्दा पनि
निर्लज्ज भएर
मुटुका चोकहरूमा
उभिएको तिम्रो रूपलाई
मट्टितेल खन्याएर
आगोले सल्काउँदा पनि
रूप झनै जाग्दो छ
र चम्कन्छ बेस्सरी ।
कसै गरी पनि
नमेटिएको तिम्रो छायाले
आतङ्कित छु ।