Last modified on 16 फ़रवरी 2022, at 16:40

तिमी हुनुको (अंश - १३) / इन्दिरा प्रसाई

अभिशप्त निद्रा भएर
आँखामा नआउ
युगौँको प्यास बोकेर
तिमीनजिक आएकी छु ।

भोकाएको बेलाको
मकैको ठेट्नाको स्वाद
म रहरका फूलहरूको
कल्पना गर्दा गर्दै
निदाएछु गहिरो निद्रामा
ब्युँझिँदा मेरो अँगालोमा
एक भारी ढोड थियो ।

यस बेला खुसी पनि
लबस्तरोलबस्तरो भएको छ
निर्लज्ज तृष्णा मनजिक
आक्रान्त गलेको देख्दै छु ।