भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - १६) / इन्दिरा प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कहिले खानेपानीको ट्याङ्करमा
कहिले दमकलमा
कहिले एम्बुलेन्समा
र शववाहनमा बसेर
म यात्रामा छु ।

इमर्जेन्सी / जेनरल वार्ड
आई. सी. यू. / आई. सी. सी. यू.
सी.सी.यू. / अपरेसन थेटर
क्रमश: रुँग्दो छु आफूलाई ।

टेस्टट्युब बेबी बन्छु
मृगौला प्रत्यारोपण
रक्तदान र आँखादान
तिम्रा आवश्यकताका झोलीहरूमा
हात, खुट्टा र गर्भदान गर्छु ।

म आजभोलि
जसरीतसरी
जहीँतहीँ बाँच्छु पनि
जन्मन्छु र मर्छु ।