भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी हुनुको (अंश - २१) / इन्दिरा प्रसाई
Kavita Kosh से
कसरी रातको बास्ना
मगमगायो र सल्बलायो बटुकामा
सुनसान सडकको
नागबेली पारिसम्म सुनसान थियो
छटपटिएँ त्यसैले एकान्तमा ।
जब आयौ अँगालोमा
पराग सकिएपछि
माधुर्य हराएको जूनजस्तो
म ओइलाइरहेँ
तिमीले खोजिरह्यौ ।
आकाश झलमल्ल थियो
तर जून कतै थिएन ।
यो पनि एउटा रात थियो
तर सुगन्ध कत्ति थिएन ।