भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिमी हुनुको (अंश - २८) / इन्दिरा प्रसाई
Kavita Kosh से
					
										
					
					मलाई तिमीले लखेट्यौ
म रोएँ
धेरै पिरिएँ
अन्तत: भागेँ यहाँबाट ।
एउटा आकाश छ 
वायुको कुनै परखाल छैन
बाँकी माटाको कुरा पनि 
सबै एउटै मात्र हो 
म कीरा भएको क्षणमा 
विभाजनको रेखा कोर्ने गर्छु ।
त्यस माटाले पराई भन्यो 
आकाशले पनि गिल्ला गर्यो 
हावा ग्यासच्याम्बर भइदियो 
म फेरि त्यहाँबाट लखेटिएँ ।
•
'चोट लाग्यो ?'
मलाई काखमा राखेर 
मेरो देशले सोध्यो ।
	
	