शून्यसँग बाचा गरेर
म आएकी थिएँ
छिटै फर्कने गरी मात्रै 
म आएकी थिएँ । 
रनबन रमझम
मनोरम मधुवन
आँखाका दोषहरूमा 
अबेरसम्म तिमीले 
मलाई अलमल्यायौ
मैले पनि तिमीलाई 
भुसुक्क अलमल्याएँ ।
अँध्यारोसँग बिदा मागेर
म फर्कँदै छु 
उज्यालोको अँगालामा 
समाहित हुँदै छु ।