Last modified on 16 फ़रवरी 2022, at 17:00

तिमी हुनुको (अंश - ३९) / इन्दिरा प्रसाई

बुझ्न नसकिने
बुझाउन चाहेर पनि
अर्थ खोल्नै नसकिने
व्यथामा रूपान्तरित छु म ।

तिमीले बुझेनौ
म पनि तिमीलाई
बुझ्न सकिरहेकी छैन
हामी दिनहुँजसो
अर्थबिनाको कथाजस्तो
नीरस र झर्को बन्दै छौँ ।

खोकिलामा तिमीसँग
कोखामा मसँग पनि
लुकाउन खोजेका
चस्किरहने घाउ छन् ।

म नबोले पनि
तिमी नबोले पनि
घाउहरू मौन छैनन् ।