भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी हुनुको (अंश - ३) / इन्दिरा प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

साँझको झमक्क सकियो
अब रातमात्र बाँकी छ ।

म तृष्णाको जालोमा
भौतारिएकी छु
जताततै बारुलाहरू
अँगालो मार्न खोज्दै छन् ।

प्रीत भनेर साटेको
आभास मात्र रहेछ
म मौनताको भँगालोमा
बग्दै गइरहेछु ।

आजभोलि आफूभित्र
क्याक्टस मात्रै रोप्तै छु
फुल्छ त्यो पनि
अब प्रतीक्षा गर्नुपर्छ ।

तिम्रो भागमा सायद काँडा पर्छ ।