Last modified on 16 फ़रवरी 2022, at 16:15

तिमी हुनुको (अंश - ८) / इन्दिरा प्रसाई

खुसीको सीमा पनि
भत्किएको थियो
पीडाको पोखरी पनि
छचल्किएको थियो ।
तिमीलाई चिनो सम्झेर
मुटुको घाउ दिएँ
तिमीले कोट्याएर
रगताम्मे पारिदियौ
रगतको आहालमा
मेरो प्रतिमा
डुब्न पनि सकेन
तैरिन कत्ति जानेन् ।
त्यस बेला अौँसी पनि
उज्यालो …एकदमै उज्यालो थियो
अहिले आफूलाई भेट्न
तिमीसम्म पुग्नैपर्छ ।

त्यहाँ अन्धकार मात्रै छ ।