भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिम्रा कामनालाई / सुमन पोखरेल
Kavita Kosh से
तिम्रा कामनालाई बैँसको मात दिन सक्छु
जीवन भर नभुल्ने एक रात दिन सक्छु
यौवनको उज्यालोमा रात लुकाइदिन सक्छु
कहीँ अन्जान मै कतै दुखाइदिन सक्छु
मेरो विश्वास नगर्नू तिमी चनाखो हुनू
समीपताका बाधाहरू फुकाई दिन सक्छु
आफ्नो बनाउँछ्यौ भने, तिम्रै भइदिन सक्छु
मायाले तिमीलाई अङ्गअङ्ग धोइदिन सक्छु
मेरो भर नपर्नू तिमीले होस गर्नू
नछुनु पर्ने पनि कतै छोइदिनसक्छु
तिम्रो शरीरभरि नजर छरिदिन सक्छु
तिमी टाढा सरे, म नजीक सरिदिन सक्छु
मेरा आँखा छेक्नू तिमीले मलाई रोक्नू
नगर्नु पर्ने पनि केही गरिदिन सक्छु