भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रा जोर आँखालाई परेवा–सलाम / भूपाल राई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

म आफ्नो पुरानो खेतीबाट
विश्रामको अनुमति खोजिरहेथेँ
 एक्कासि तिम्रा आँखाबाट
एक जोर प्रहेलिका परेवा
पखेटा फटफटाएर
मलाई ठुङ्न निस्कँदा
म त दुखेर आहाल भएछु
मेरो स्वाधीनताको डिलमा उभिएर
मेरै छातीको तरङ्गसँग खेल्छौ भने
पर्ख, तिम्रो हातमा म एउटा बल्छी राखिदिन्छु।

यतिखेर तिम्रोर मेरो हातमा
विश्वासको एउटा बम परीक्षणमा छ
मान्छे पछार्न सक्ने त्यो पुरानो चमत्कारसँग
खेल्न जानिएन भने
तिम्रो हातबाट चिप्लिएर
मेरै थाप्लोमा गिर्न सक्छ
र मेरो घातबाट उठेको धूवाँले
तिमीलाई पनि पिर्न सक्छ
फुकाइदेऊ त्यो चमत्कारी गाँठो
अब मेरै हातमा
 हत्केलाभरि प्रीतिका जोर परेवा डाकेर
म त्यो बमलाई चारो बनाएर छरिदिन्छु ।

तिम्रा ती जोर आँखालाईपरेवा–सलाम ।
एक दिन तिम्रो अँगालोभरि
परेवाको बथान थमाएर
म आफूलाई सबभन्दा धनी मान्छे साबित गर्दै
अन्तध्र्यान हुनेछु
त्यो दिन तिमी भन्नेछौ—
“यो मान्छे
साँच्ची नै अभेक र अक्करहरूमा
ह्दयको झोलुङ्गे टाङ्दो रै’छ
यो मान्छे
परेवाको सलाम चढाउँदो रै’छ ।”