भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रा पाइताले टेक्ने गोरेटोको / निमेष निखिल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिम्रा पाइताले टेक्ने गोरेटोको याद आयो
कम्मरमा झुन्डिएको खुर्पेटोको याद आयो
 
चचुरामा बादलुका भारी बोकी उभिएको
अग्लो निकै अग्लो त्यो नेटोको याद आयो
 
गुराँसको बोटनेर भावनाको खेती गर्थ्यौ
तिमीले बिर्सेको त्यो कुइनेटोको याद आयो
 
भौतारीको बाटो हुँदै ढुङ्गेधारा आउँदाजाँदा
गाग्रो अड्याउने कम्मर गग्रेटोको याद आयो
 
अतीतले समयका पाना पल्टाउँदा आज
अघोषित हाम्रो हुलाकी त्यो केटोको याद आयो।