Last modified on 3 दिसम्बर 2020, at 10:47

तिम्रा लागि, प्रिये / ज्याक प्रिभेर / सुमन पोखरेल

म बजार गएँ, चरा पाइने ठाउँमा
र मैले चराहरू ल्याइदिएँ
तिम्रा लागि।

म बजार गएँ, फूल पाइने ठाउँमा
र मैले केही फूल ल्याइदिएँ
तिम्रा लागि।

म बजार गएँ, सिक्री पाइने ठाउँमा
र मैले सिक्री ल्याइदिएँ
तिम्रा लागि।

र त्यसपछि म दास बेच्ने ठाउँमा गएँ
तिमीलाई खोजेँ
तर भेट्टाइनँ त्यहाँ तिमीलाई, प्रिय !

...................................................................
इस कविता का हिन्दी अनुवाद पढ्ने के लिए यहाँ क्लिक करेँ ।