भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो पनि हक छ / दैवज्ञराज न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यो प्रगतिको युग
यहाँ खोलाको भूत र मन्दिरको देवता मान्ने होइन,
सत्य, शिव र सुन्दरताको पवित्र वेदीमा
छलीको पोल खोल्नु छ,
अनि गल्लीमा मिल्किएका मानिसको मोल मोल्नु छ,
मानव मानव हो
आखिर यो दास होइन,
त्यसैले,
जीवनमा दुई दिन बाँच्नु छ त
रोएर होइन हाँसेरै बाँच्नु छ,
ए ! निर्बोध आत्मा?
को भन्छ?
यहाँ तिम्रो होइन,
तिमी यस धरतीका सन्तान हौ त
यहाँ तिम्रो पनि हक छ।