भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिम्रो माया पत्थरको / किरण खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिम्रो माया पत्थरको झुक्याउने रूप जस्तो
तिम्रो प्रीती चैतको धूलो भन्दा पनि सस्तो
अबदेखि शर्माएर तिम्रो अघि भाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन

तिम्रो आश नगर्दैमा नसक्ने त हैन अड्न
तिमीले हात नथाम्दैमा नसक्ने त हैन बढ्न
एकै झुल्को घाम हो अस्तायो त के भो र?
एकैछिन्‌को तर्कना तर्कियो त के भो र ?
अबदेखि शर्माएर तिम्रो अघि भाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन

तिमीले सुन्ने गीतलाई गुनगुनाउन बिर्सिदिउँला
झुक्किई तिम्रो झल्को लागे एकैछिन तर्सिदिउँला
पर्खिबस्ने मान्छेले फर्की जान जान्दछ
आफ्नो भन्न जान्नेले पराइ भन्न जान्दछ
अबदेखि शर्माएर तिम्रो अघि भाग्ने छैन
भगवानसँग फेरि तिमीलाई माग्ने छैन