भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको / भैरवनाथ रिमाल कदम
Kavita Kosh से
तिम्रो सिउँदो सजाइदिने मेरो एउटै धोको
तिमीप्रति चाहना जुन मेरो सधैं चोखो
मेरो दिल नै उपहार तिमीलाई दिइसकें
बासी इच्छा नठानिदेऊ मैले चाहिसकें
मेरो व्यथा कथा बन्छ लहरा भै गीतको
ओइलिएको शीतलाई नि चाह हुन्छ शीतको
सपनामा सागर बन्छ अनेक यादमा कल्पी
जिउनु पर्ने जिन्दगीमा आशै आसमा अल्झी
पन्छिनदेऊ बहारसँग फूल भै हामी फुलौं
सून्यसँग नहराऔं हामी एक भै भुलौं