भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ती, जो नाच्दैनन् / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एउटा लूलो बालकले सोध्यो
"कसरी नाच्नु म?"
तिम्रो हृदयलाई नचाऊ
भन्यौँ हामीले।
 
नसक्ने एउटाले सोध्यो;
"कसरी गाउनु म?"
तिम्रो हृदयबाट गाऊ
भन्यौँ हामीले।
 
ओइलिएको दुखित फूलले सोध्यो फेरि,
"तर म, म कसरी नाच्नु?"
तिम्रो हृदयलाई बताससँगै उड्न देऊ
भन्यौँ हामीले।
 
त्यसपछि, ईश्वर बोले माथिबाट
"कसरी ओर्लनु म आकाशबाट?"
यहाँ प्रकट भएर नाच हाम्रा लागि
भन्यौ हामीले।
 
एकसाथ नाचिरहेछ सम्पूर्ण गाउँ
सूर्यको छायामा;
र धूलोपिठो भएको छ पिसिएर
यहाँ हामीसँग नआउनेहरूको हृदय।