Last modified on 3 मई 2020, at 12:02

त्यसैले यो डुङ्गा तिमी नखियाऊ / गीता त्रिपाठी

कुनै आश छैन कुनै प्यास छैन
विन्ती मलाई केही नपियाऊ
यो जिन्दगीको कहाँ छ किनारा
त्यसैले यो डुङ्गा तिमी नखियाऊ

आलो छ घाउ भिजेको छ मुटु
यो दुख्छ सहजै भयो नचलाऊ
अँध्यारोमै बस्छु यी दर्द समेटी
विन्ती यो साँझ दियो नजलाऊ
त्यसैले यो डुङ्गा तिमी नखियाऊ
 
किन मागूँ साथ किन थामूँ हात
यो टुट्छ सहजै तिमी नसमाऊ
यो खुसी-उमङ्ग एकपलको नासो
विन्ती ओठ खोली भयो नरमाऊ
त्यसैले यो डुङ्गा तिमी नखियाऊ