भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
त्यही काफी छ / सुमन पोखरेल
Kavita Kosh से
कामेका छन् नबोल्दै ती अधर, त्यही काफी छ
म सामु हुनुले नै गर्यो असर, त्यही काफी छ
सबै प्रतिफल मायाको, पाइएन त के भयो ?
व्यस्त छ कुरा काट्न् सारा शहर, त्यही काफी छ
त्यो भीडमा खोजिरहेथे सबै आफ्नैस मान्छेलाई
अडियो ममा एकछिन् तिम्रो नजर त्यही काफी छ
जीवनभरको साथ दिन हैन मुटु फर्काउनै सही
जे होस्, आयौ एकपल्ट मेरो घर त्यही काफी छ
चिन्नै नसक्ने पारून् चाहे जीवनका चोटहरूले
गर्दैछ अझै मृत्युले कदर, त्यही काफी छ
नगर् चिन्ता सोचेको जस्तो भएन भन्ने सुमन !
बाँकी छन् मनमा हजारौँ रहर, त्यही काफी छ