भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
थामेर किन छोड्यौ हातहरू / सुरेन्द्र राना
Kavita Kosh से
थामेर किन छोड्यौ हातहरू
रोजेर किन तोड्यौ साथहरू
छोडेर गयौ सारा यादहरू
रोएर बिते मेरा रातहरू
दुई किनारहरू छोएर बग्ने
तिम्रो बानी मैले चिन्न सकिनँ
तिमी बग्यौ कुन सागरमा मिल्न
लहरहरु मैले भुल्न सकिनँ
धेरै वहारहरू लुटेर भाग्ने
तिम्रो कहानी मैले बुझ्न सकिनँ
तिमी उड्यौ कुन वसन्त भेट्न
ओइलिएर फेरि म फुल्न सकिनँ ।