भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

थाहै भएन त्यतिखेर / सुरेन्द्र राना

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


थाहै भएन त्यतिखेर
कुन बेला कसरी म मर्छु
आज फुर्सद छ मलाई
आऊ तिमीलाई माया गर्छु

आकाश पनि धुवाँ धुवाँ
वरिपरि मात्र आगोहरू
आखिर चुँडाल्नु थियो
फलामे ती धागोहरू

थाहै भएन त्यितखेर
कसको षड्यत्रमा पर्छु

तिम्रो यौवनको नशाले
छुँदै छोएन त्यतिखेर
यति राम्री छ्यौ तिमी
थाहै भएन त्यतिखेर

आज निश्चिन्त छु म
तिम्रै अँगालोमा मर्छु ।