भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

थाहै हुन्न दिन के हो ? / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



पिएपछि सोमरस जमिदिन्छ छाती
थाहै हुन्न दिन के हो ? कैले पर्छ राति
 
आकाशका जूनतारा आँखैभित्र बस्छन्
सत्यकुरा छोपिदिने पर्दाहरू खस्छन्
खुट्टाहरू भूइँ छाडी उठ्न थाल्छन् माथि
थाहै हुन्न दिन के हो ? कैले पर्छ राति
 
आफ्नै राज्य चल्न थाल्छ अरू हुन्छन् दास
यस्तै संसार रमाइलो उस्लाई बाह्रै मास
सुखदुःख जे परे नि नशा हुन्छ साथी
थाहै हुन्न दिन के हो ? कैले पर्छ राति